आधिकारिकता दाबी गर्दै उपेन्द्र-बाबुराम समूह पुगे निर्वाचन आयोगमा

असार ४, काठमाडौं । आधिकारिकता दाबी गर्न जनता समाजावादी पार्टी (जसपा)  को उपेन्द्र यादव बाबुरा भट्टराई समूह निर्वाचन आयोगमा पुगेका छन।

यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेता आज दिउसो आयोग कार्यालयमा पुगेका हुन। बिहीबार सो समूहको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबीका लागि आयोग जाने निर्णय गरेको थियो।

तर, यसअघि भने आयोगले अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र दुवै समूहको कारवाहीलाई खारेज गरेको थियो। आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गर्नु पूर्वाग्रहीपूर्ण रहेको भन्दै अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति पनि जारी गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*