भीमफेदी स्काउटद्वारा विद्यालयमा वृक्षारोपण

असार ६, हेटौंडा । नेपाल स्काउटको ७० औं स्थापना दिवसको अवसरमा भीमफेदी स्काउटले शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । भीमफेदी गाउँपालीका वडा नं.५ मा रहेको महालक्ष्मी माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।

देशभर बाढी, पहिरो तथा विपद्को जोखिम बढिरहेकोले यसको न्युनिकरण र वातावरण संरक्षणको सन्देश दिने उद्धेश्यले वृक्षारोपण कार्यक्रम गरिएको स्काउट भीमफेदीका संयोजक आशिष अस्लामीले बताए ।

भीमफेदी गाउँपालिका वडा नंबर ५ का वडा अध्यक्ष जहार सिं लामाको प्रमूख आतिथ्यतामा वृक्षारोपण गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले स्काउट भीमफेदीद्धारा गरिएको वृक्षारोपण कार्यक्रम प्रभावकारी र वर्तमान परिस्थितिमा अपरिहार्य रहेको बताए । उनले स्काउटले गर्ने हरेक सामाजिक कार्यमा आफ्नो साथ सहयोग र सहायता हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जय बहादुर लम्साल, शिक्षक नानिराम पुडासैनी, अर्जुन पुडासैनी लगायत भीमफेदी स्काउटको कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*