बागमती प्रदेशमा ९५ प्रतिशतले जिते कोरोना
असार ६,हेटौंडा । बागमती प्रदेशमा ९५ प्रतिशतले कोरोना संक्रमणलाई जितेका छन् । परिक्षणको क्रममा कोरोना लागेका मध्य ९५ प्रतिशतले कोरोनालाई जितेको प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो ।
बागमती प्रदेशमा आज सम्ममा जम्मा ३ लाख ३२ हजार ४ सय ८२ जना संक्रमण भएकोमा ३ लाख १५ हजार ७ सय ५५ जनाले कोरोनालाई जितेको उहाँले वताउनुभयो । यस प्रदेशमा हाल सम्ममा ३ हजार ५ सय ९९ जनाको निधन भएको छ । यस प्रदेशमा अहिले कोरोना संक्रमण दर पनि कम हुँदै गएको छ ।
























