मकवानपुरमा शनिबार ९५ जनामा कोरोना पुष्टि
असार ६, हेटौंडा । मकवानपुरमा शनिबार ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार १ सय १८ जनामा पिसिआर र ३७७ जनामा गरिएको एन्टीजेन परीक्षणमा क्रमश ४७ र ४८ जना गरी थप ९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १० हजार २ सय ८४ जना पुगेको छ ।
यसैगरि शनिबार थप ९४ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा कोरोना जित्नेको संखया ९ हजार ८ पुगेको छ । जिल्लामा आजको दिनमा १ हजार १ सय ३४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा १ हजार २२ जना आफ्नै घरमा र १ सय २२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यलले जनाएको छ ।
मकवानपुरमा कोरोनाको कारण हालसम्म १ सय १६ जनाले ज्यान गुमाएका छन् ।
























