पार्टीहरुलाई नयाँ दिशा आवश्यक – बाबुराम भट्टराई

काठमाडौं, असार ६ – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टीलाई नयाँ बनाउने आँट गर्नुपर्ने बताएका छन् । राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको औंल्याउँदै उनले अब नयाँ बनाउन आँट गर्नुपर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले ट्वीट गर्दै समस्या एकातिर तर, समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरे । ‘भनिन्छ– टाउकाको ओखती नाइटामा लगाएर हुन्न १ अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिर दल रनेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु १’

उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताउँदै अगाडि भने, ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*