‘म पनि युवा नै छु है भाई हो !’-कमल थापा
असार ६, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थपाले आफु युवानै रहेको बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले आइतबार बिहान सामाजिक संजालमा हल्का रमाईलो भन्दै यस्तो बताएका हुन् । उनले भनेका छन्ः हल्का रमाईलो१ म पनि युवा नै छु है भाई हो१ आज ४० मिनेट, ४।५ किमि दौडें, ६०० कयालोरी घटाए युवाहरूको जयहोस् ।
अध्यक्ष थापा हाल ६६ वर्षका रहेका छन् । पछिल्लो समयमा अध्यक्ष थापा सामाजिक संजालमा सक्रिय रहेका देखिन्छन्
























