मकवानपुरका दश वटा स्थानीय तह बजेटको अन्तिम तयारीमा जुट्दै
असार ७, हेटौंडा । मकवानपुरका दशवटै स्थानीय तह बजेटको अन्तिम तयारीमा जुटेका छन् । यही असार १० गते आउँदो आर्थिक वर्षका लागि बजेट ल्याउनका लागि अन्तिम तयारीमा जुटेका हुन् ।
बजेटको तयारीका लागि दिनरात नभनीकन खटिएका छन् । संबैधानिक व्यवस्था अनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट ल्याउनुपर्छ । त्यही अनुसार मकवानपुरका स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिहरु बजेट ल्याउनका लागि खटिएका हुन् ।
आउँदो आर्थिक वर्षका लागि बजेटको आकारमा केही बृद्धी गरेर बिकासका कामलाई प्राथमिकता दिएर यसको तयारीमा जुटेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।
बजेटका लागि हेटौंडा मात्र होइन । मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिरा गाउँपालिका बजेटको अन्तिम तयारीमा जुटेका हुन् ।
बजेटका लागि दिनरात नभनीकन काम भइरहेको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई वताउनुहुन्छ । सबै स्थानीय तहले बिकास निर्माणका कामलाई प्राथमिकता दिएर बजेट ल्याउन लागेका छन् । बिशेषगरी सडक निर्माण, नाली निर्माण, भवन निर्माण लगायतका पूवाधारका कामलाई जोड दिइएको छ ।
























