युगप्रकाश क्लबले गर्यो उपाध्यक्ष चौलागाईलाई सम्मान

 मकवानपुर, ७ असार । बागमती प्रदेश युवा परिषदका नव नियुक्त उपाध्यक्ष सन्तोष चौलागाईलाई हेटौँडामा सम्मान गरिएको छ । हेटौँडा ११ नवलपुरमा अवस्थित युगप्रकाश क्लबले उपाध्यक्ष चौलागाईलाई स्वागत तथा सम्मान गरेको हो । सोमबार नवलपुरमा भएको एक कार्यक्रमकाबिच उपाध्यक्ष चौलागाईलाई क्लबले सम्मान गरेको हो । उपाध्यक्ष चौलागाई क्लबका पूर्व सह–सचिव समेत हुन् । कार्यक्रम क्लबका अध्यक्ष दिपक शिवाकोटीको अध्यक्षता तथा हेटौँडा ११ का वडा सदस्य रामचन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । चौलागाईलाई बागमती प्रदेश सरकारको गत जेठ २७ गते बसेको मन्त्री परिषदको निर्णय अनुसार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा परिषदको उपाध्यक्ष पदमा नियुक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*