आजबाट मकवानपुरमा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली
असार ८, हेटौंडा । मकवानपुरमा आजबाट थप खुकुलो बनाएर असार १४ सम्म निषेधाज्ञा थपिएको छ । कोरोना संक्रमण दर घटदै गएको भन्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड संकट व्यवस्थापनले निषेधज्ञालाई खुकुलो बनाएर असार १४ गते सम्म थप गरेको हो ।
असार ६ गते बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो गर्दै थप गरेको हो । आजबाट खाद्यन्न, फलफुल, माछामासु, अण्डा तथा तरकारी पसल बिहान ४ बजेबाट १० बजेसम्म संचालन गर्न पाईते तर खोपेगल्लीको सम्पूर्ण पसल तथा बसपार्कको माछामासु र तरकारी पसल भने बन्द रहने प्रशासनले जनाएको छ ।
यसैगरि आजबाट जिल्लाभर नीजि सवारीसाधन जोरबिजोर प्रणालीमा सञ्चालन भएको छ । निषेधज्ञामा अटो तथा टेम्पोलाई पनि जोर बिजोर प्रणालि अन्र्तगत स्वास्थ्य मापदण्ड पालना गर्दै २ जना यात्रुलाई बोक्नको लागि छुट गरिएको छ । अर्थात अब अटो तथा टेम्पुहरुले एक पटकमा दुईजना यात्रुलाई बोक्न पाउने भएका छन् । तर प्रशासनले सार्वजनिक यातायातको महत्वपूर्ण सबारीको रुपमा रहेको बस, मिनिबस, माईक्रो, सुमो लगाएतको सेवालाई भने सञ्चालनको अनुमती दिएको छैन ।
यसैगरि प्रशासनले पुस्तक तथा इस्टेस्नरी इलेक्ट्रोनिक, इलेक्ट्रीक,हाडैवेयर, भाँडा, कपडा,टेलर, जुत्तापसल, सबारीसाधन वर्कसप, मोटर पार्टस दिउँस १२ बजेबाट ४ बजेसम्म दैनिक संचालन गर्न अनुमति दिएको छ ।
प्रशासनले रेष्टुरेन्ट तथा मिठाई खाजाघरबाट टेक वे, होम डेलिभरी दिउँस १२ बजेबाट ४ बजेसम्म,बैंक तथा वित्तिय संस्था बिहान १० देखि २ बजेसम्म तर घरदैलो सेवा बन्द,अन्य सेवाहरु समपूर्ण प्रकारका शैक्षिक सस्था (स्कुल, टिउसन इन्सिच्युट, मन्टेस्वरी) सबै बन्द रहने,सपिङ मल, फिल्म हल, फुटसल, जिमहाउस, समुहमा खेलिने खेलकुद, स्ट्रिड फुड हाउस,चिडियाखाना, शैलुन, स्पा, ब्युटि पार्लर, पार्टी प्यालेस, फिल्म हल, डानस बार, सबै प्रकारका सभा गोष्टि बन्द रहने जनाएको छ ।
























