कोरोनाको कारण भीमफेदीका एक पुरुषको मृत्यु

असार ८, हेटौंडा । मकवानपुरमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाको हेटौंडा अस्पतालको कोभिड कक्षमा थप एक जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नंबर ३ का ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुरुषलाई जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको र जेठ २५ गते उपचारको लागि हेटौंडा अस्पताल भर्ना गरिएको थियो । उनको गएराति ७ बजे उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय १८ जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*