विभिन्न सङ्घसंस्थाको पहलमा हेटौँडामा सडक बालबालिकाको गरियो उद्धार

असार ८, वाग्मती – लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ ।

उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ ।

ती बालबालिकाहरुमा १५ वर्षीया सन्ध्या लामा, १० वर्षीय आकाश मलाह, १३ वर्षीय सन्दिप गोले, १५ वर्षीय मुस्कान मलाह, १८ वर्षीय उमेश तामाङ, १८ वर्षीय भिमराज थिङ र १४ वर्षीय हिमाल लामा रहेका छन् ।

बालबालिकाकाका अभिभावकहरुलाई अविलम्ब सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*