मकवानपुरमा थप ८९ जनामा कारोना , ९७ जना कोरोना मुक्त

मकवानपुर, असार ८ – मकवानपुर जिल्लामा कोभिड–१९ सङ्क्रमित दरको तुलनामा निको हुने सङ्ख्या धैरे रहेको पाइएको छ । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार जिल्लामा ८९ कोरोना सङ्क्रमित थपिदा ९७ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कमा पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना सङ्क्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेकामा सोमबार मात्र ९७ जना सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमण मुक्त हुने ९७ सहित जिल्लामा हालसम्म कोरोना मुक्त हुनेको सङ्ख्या नौ हजार २२३ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*