आज देशको अधिकांश स्थानमा पानी पर्ने सम्भावना

काठमाण्डौ, असार ९- काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रका केही ठाउँमा यतिबेला घाम लागेको छ ।

तर, मौसम पूर्ण रुपमा नखुलेको मौसमविद्ले बताएका छन् । अहिले घाम लागे पनि फेरि मौसम बद्ली भइ पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मनसुनी प्रणालीका कारण आज दिनभरजसो नै देशका धेरै ठाउँको मौसम बदली हुने र केही ठाउँमा हल्कादेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताए ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । दिउँसो प्रदेश एक, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आउँदो तीनदिनसम्म देशका केही ठाउँमा ठूलो र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार ९ गते (बुधबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

रातीस् देशभर सामान्य देखी पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार १० गते (बिहिबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश र लुम्बीनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार ११ गते (शुक्रबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बाग्मती प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका का एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव ९मभदचष्क ायिध०को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*