विपक्षी गठबन्धनको बैठक आज बस्दै
असार ९, काठमाडौं । आज विपक्षी गठबन्धनको बैठक बस्दैछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बैठक बस्न लागेको हो । सभापति देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल लगायतलाई बैठकमा बोलाएका हुन् ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । त्यसैगरी देउवाले बैठकमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र महामन्त्री पूर्ण बहादुर खड्कालाई समेत बोलाएका छन् ।
























