राष्ट्रपति राजनीतिका आधारमा नभई संविधानका आधारमा चल्नुपर्ने अधिवक्ता थापाको भनाई
काठमाडौं, असार ९ – वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक पृष्ठभूमिका आधारमा नभई संविधानअनुसार चल्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज (बुधबार) संवैधानिक इजलासमा बहसका क्रममा उनले राष्ट्रपतिले संविधानविपरीत कार्यकारिणी अधिकार आफ्नो हातमा लिन खोजेको आरोप पनि लगाए।
प्रधानमन्त्री केपी ओलीेले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दा राष्ट्रपतिले संविधानको धारा ७६ को कार्यान्वयन प्रक्रिया पूरा भएको छ कि छैन भनेर हेर्नुपर्नेमा त्यसो नगरिएको थापाको स्पष्टोक्ति थियो।
























