आज पनि भारी वर्षाको सम्भावना

असार ११, हेटौंडा। मौसम पूर्वानुमान महाशाखा अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।

महाशाखा अनुसार हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखा अनुसार यस्तो छ मौसम

२०७८ असार ११ गते (शुक्रबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

रातीस् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखा अनुसार आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शस्

प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*