पौडेलले आज बोलाए केन्द्रीय सदस्यहरुको बैठक

असार ११, काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्।

भदौँमा महाधिवेशन गर्ने निर्णय भएसँगै कांग्रेसका शिर्ष नेताहरुको दौडधुप बढेको छ । महाधिवेशन नजिकिँदै जाँदा सभापति देउवाले अर्को कार्यकालका लागि दाबेदारी प्रस्तुत गरेपछि पौडेलले पनि आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन्।

पौडेल पक्षीय एक केन्द्रीय सदस्यका अनुसार दिउँसो २ बजे बसुन्धारास्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको छ। आजको बैठकमा महाधिवेशनको सम्बन्धमा छलफल गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*