राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण देखिएको अधिवक्ता अर्यालको दावी

हेटौंडा, असार ११-  वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले राष्ट्रपति र प्रधानमन्त्रीको काम वदनियतपूर्ण देखिएको दावी गरेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिट निवेदनमाथि संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै उनले प्रधानमन्त्रीले संविधानको पालना गर्छु भनेर शपथ खाएको स्मरणसमेत गराए । ‘त्यो भनेको उहाँले विश्वासको मत लिन्छु भनेर शपथ खानुभयो तर, आफैले खाएको शपथको पालना गर्नुभएन,’ रिट निवेदकका तर्फबाट बहस गर्दै उनले भने ।

राष्ट्रपतिले संसदमा जानका लागि बाटो फुकाइ दिनुपर्नेमा टिकट टाँसेको चिठी (जसपा र प्रधानमन्त्रीले पठाएको) लाई आधार मानेर वदनियतपूर्ण निर्णय गरेको उनको भनाइ छ । संवैधानिक परिषद् र नागरिकता विधेयक ल्याउँदा पनि बदनियत राखिएको उनले जिकिर गरे । ‘यो बदनियतको हद हो । राष्ट्रपतिलाई बहुमतको विश्वसनीयता परीक्षण गर्ने विशेष अधिकार संविधानले दिएको छैन ।’

त्यस्तो अधिकार दिइएको भए संविधानमै प्रस्ट लेखिन्थ्यो भन्ने उनको तर्क थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*