नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाको आयोजनामा आज ४० जनाले गरे रक्तदान

असार ११, हेटौंडा – नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रेडक्रस मकवानपुरका कार्यालय प्रमुख लक्ष्मण भट्टराई, हेटौंडा उपमहानगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाही, लियो क्लबका कपिल गौतम लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

रेडक्रस हेटौंडा उपशाखाले जिल्ला युवा समिती मकवानपुर र लियो क्लब अफ मकवानपुर हेटौंडा मेट्रोसिटीसङ्गको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखा, हेटौंडा–४ का सभापति तथा जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिवहरि दाहालको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य जुनेली माया श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको विशेष आतिथ्य रहेको थियो ।

उपशाखाले हरेक वर्ष नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*