आज मकवानपुरमा थप ८९ जनामा कोरोना,८१ जनाकोरोना मुक्त
असार ११, हेटौंडा । मकवानपुरमा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ सय १३ जनामा गरिएको परीक्षणमा थप ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका ४० जना रहेका छन् ।
यसैगरि राक्सिराङ गाउँपालिका भित्रका २४ जना,कैलाशका १० जना,मनहरीका ९ जना,थाहा नगरपालिका भित्रका ४ जना र बकैया गाउँपालिका भित्रका २ जना रहेको कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पु्ष्टि हुनेको संखया १० हजार ७ सय ६२ पुगेको कार्यलयले जनाएको छ ।
जिल्लामा हालसम्म ९ हजार ५ सय ४६ जना संक्रमण मुक्त अर्थात निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ८१ जनाले कोरोना जितेका छन् । जिल्लामा आज कोरोनाको कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया ४ का ८८ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय २४ जना पुगेको छ । जिल्लामा हाल १ हजार ७२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ९ सय ७७ जना आफ्नै घरमा र ९५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको कार्यलयले जनाएको छ ।
























