मनहरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

असार १२, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ९ खरङ्गामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा महोत्तरीकोे मनरा गाउँपालिका वडा नंबर २ का अन्जादी ३० वर्षीय अंशु कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

शनिबार दिउँसो मनहरी बाट हेटौंडा आउँदै गरेको लु १५ प ३७४३ नंबरको मोटरसाईकल खरङ्गामा आफै अनियन्त्रित हुँदा दुर्घटना भएको र चुरेहिलमा उपचारको क्रममा सिंहको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*