मकवानपुरको राक्सिराङबाट ७९ किलो गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा

असार १२, हेटौंडा । मकवानपुरको राक्सिराङबाट ७९ किलो गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरिक्षक दिपक राज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले जिल्ला राक्सिराङ गाउँपालिका वडा नंम्बर–५ स्थित परेवाभिर सडकखण्डमा कैलाश तर्फबाट मनहरी तर्फ बोराको भारी बोकी शंकास्पद रुपमा पैदल हिंडिरहेकालाई नियन्त्रणमा लिदा गाँजा बरामद गरिएको हो ।

गाँजा सहित प्रहरीले राक्सिराङ गाउँपालिका वडा नंम्बर–९ बस्ने बर्ष २० को प्रताप स्याङतान र मकवानपुर कैलाश गाउँपालिका वडा नंम्बर–२ बस्ने बर्ष ४३ लाल बहादुर स्याङतानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले वताउनुभयो । उनीहरुले बोकी ल्याएको भारी खोली चेकजाँच गर्दा लागु औषध गाँजा ७९ किलो फेला परेको हुँदा निजहरुलाई उक्त लागुऔषध गाँजा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको साथै फरार भएका अन्य ब्यक्तीहरुको खोजतलाश भईरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*