कोरोनाको कारण जिसस मकवानपुरकी सदस्य सानीकान्छीको निधन

असार १३, हेटौंडा । कोरोना भाइरस संक्रमणको कारण जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सानीकान्छी स्याङ्तानको निधन भएको छ ।

राक्सिराङ गाउँपालिका वडा नंबर ३ की वडा सदस्य समेत रहेकी स्याङ्तानको आज बिहान आफ्नै घरमा मृत्यु भएको राक्सिराङ गाउँपालिकाका प्रवक्ता रामकृष्ण प्रजाले जानकारी दिए ।

विभिन्न अस्पतालमा उपचार गर्दा समेत संक्रमण मुक्त नभएपछि केहिदिन अघि घर ल्याएर राखिएको सदस्य स्याङ्तानको आज बिहान निधन भएको प्रवक्ता प्रजाले बताए । उनले भनेः एक महिना अघि संक्रमण पुष्टि भएको थियो । केहि दिन घरमा उपचारत,केहि हप्ता गाउँपालिकाको आइसोलेसन बस्नुभएको थियो ।

स्वास्थ्यमा थप समस्य देखिएपछि हेटौंडा अस्पताल रिफर गरिएको थियो त्यहाँ पनि संक्रमण निको नभएपछि भरतपुर रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि घरमा ल्याईएको थियो । आज दुःखद निधन भएको खबर पाएको छु ।

प्रवक्ता प्रजाका अनुसार सदस्य स्याङ्तानमा अन्य दिर्घ रोग थिएन । गएको स्थानीय चुनावमा राक्सिराङ गाउँपालिका वडा नंबर ३ बाट महिला सदस्यमा निर्वाचित भएर स्याङ्तान जिल्ला समन्वय समितिको सदस्य पदमा नेकपा एमालेबाट निर्वाचित भएकी थिईन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*