आजबाट मकवानपुरका सबै सरकारी कार्यालयको सेवा खुल्ने

हेटौंडा, असार १३ । जिल्लामा आजदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला जिल्ला प्रशासन कार्यलय मकवानपुरले जनाएको छ ।

उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई परिपत्र दिइएको जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख भरतमणि पाण्डेले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमणको जोखिमको कारण करिब दुई महिना देखि सरकारी कार्यालय बन्द रहेका थिए । जिल्लामा आजको दिनमा १ हजार ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

जसमा ९ सय ५६ जना आफ्नै घरमा र ९७ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*