प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई

असार १३, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई जारी रहने छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि १२ घण्टा समय दिइएको थियो । शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।

आज रिट निवेदकको पक्षबाट हुने बहस सकिने छ । विपक्षीको तर्फबाट बचाउ गर्नका लागि १५ घण्टाको समय तोकिएको छ ।

आज निवेदक पक्षको बहस सकिएसँगै विपक्षीबाट बहस सुरु हुनेछ । संवैधानिक इजलासमा यही असार ९ गतेबाट विषयकेन्द्रित वहस भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*