मकवानपुरमा फेरि एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी

असार १३, हेटौंडा । जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जारी निषधाज्ञालाई एक हप्ता थप गर्ने तयारी गरेको छ ।

जारी रहेको निषेधाज्ञालाई खुकुलो गदै निषेधाज्ञालाई थप गर्ने तयारी रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले खबरब्रेकलाई बताए । उनले आज दिउँसो जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बठैक बस्न लागेको र निषेधाज्ञालाई थप गर्दै कस्तो मोडालिटिमा जाने भन्ने बारे छलफल हुने बताए ।

प्रजिअ पाण्डेले जिल्लामा एक हजारको संख्यामा सक्रिय संक्रमित उपचाररत रहेको भन्दै संक्रमणको जोखिमलाई मध्यनजर गदै निषेधाज्ञा खुकुलो गर्दै थप गर्न लागिएको बताए । प्रशासनले जारी गरेको निषेधाज्ञा भोलि असार १४ गते रातको १२ बजेसम्म रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*