रुपक कालिराज लियोको यरिया उपप्रमुखमा चयन

असार १३, हेटौंडा । लियो जिल्ला परिषद् ३२५ बि नेपालको यरिया २ को यरिया चिफमा सामाजिक क्षेत्रमा सकृय लियो रुपक कालिराज चयन भएका छन् ।

लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका अध्यक्ष लियो अनिश लामिछानेको नेतृत्वले आगामी बर्ष २०२१/२२ को लागि कालिराजलाई यरिया २ को को चिफ(प्रमुख) मा चयन गरेको हो । लामो समय देखि लियो क्लवमा लागेको कालिराज वर्ष २०१६ मा लियोमा प्रवेश गरेका हुन् ।

लियो क्लव अफ हेटौंडा भुटनदेविबाट शुरु गरेको लियोको यात्रामा क्लवको जनसम्पर्क अधिकारी,सचिव,उपाध्यक्ष हुँदै अध्यक्ष पद सम्मेत समालेका थिए भने कालिराजले आफ्नो कार्यकालमा विभिन्न नयाँ नयाँ कार्य गरेर मकवानपुर जिल्लाकै उत्कृष्ट क्लवको रुपमा पहिचान बनाएका थिए । यरिया २ को चिफमा चयन भएसँगै कालिराजले लायन्स तथा लियोको मुल मन्त्र हामी सेवा गर्छौ भन्ने नारालाई आत्मसाथ गर्दै लियोहरुको सकारात्मक सोचाइका साथ डिस्टिकको नारालाई सार्थक बनाउन लागि पर्ने बताए ।

लियोले स्थानीय ,राष्ट्रिय र अन्तराष्ट्रिय समुदायको बिकास गर्न एउटा जिम्मेवारि सदस्यको रुपमा ब्यक्तिगत वा सामुहिक रुपमा सहभागी हुने अबसर प्रदान गर्ने बताए । उनि भन्छन्,”विभिन्न सामाजिक बिकासका परियोजनाहरुमा काम गरि आफ्नो क्षमता र नेतृत्वको बिकास गर्नु, सामुहिक सहभागीत,सहकार्य र योगदानको मध्यमबाट समाजमा कसरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने अनुभव हासिल गर्नु र असल साथीहरू बनाउदै समाज सेवामा लाग्नुनै सबैभन्दा लियोको मुख्य लक्ष्य रहेकोछ ।”

लियो क्लब पनि नबयुग र युबतिहरुको संसार भरिकै सबै भन्दा ठुलो सामाजिक संस्था भएको हुनाले सबै युवाहरु लियो लागि आफ्नो नेतृत्व साथै व्यक्तित्व विकास गर्न आग्रह गरे । लगातार सामाजिक क्षेत्रमा लागेका कालिराजले लियो जिल्ला परिषद् ३२५ बि २ नेपाल रिजन ६ का रिजन प्रमुख समेत भएर एक कार्यालय सफलता पुर्वक सम्पन्न गरेका हुन्। उनले लियोको सेवा गाउँगाउँमा भन्ने नारा ल्याई गाउँ केन्द्रित लियोको सेवा प्रवाह गरेका थिए ।

हाल लियो जिल्ला परिषद् ३२५ बि २ नेपालको आगामी कार्यकालको लागि परिषद्ले कालिराजलाई यरिया २ को यरिया को उप–प्रमुख रुपमा नियुक्त गरेको छ । कालिराजले मकवानपुरको २१ र बिरगंजको ५ वटा क्लवहरुको प्रतिनिधित्व गर्नेछन् । जुन यरियामा करिब ५२० जना भन्दा वढि युवाहरु आवद्ध भएको छन् । कालिराज मकवानपुर जिल्लाको सकृय पत्रकारको रुपमा चिनिन्छन् भने हजुरको खबर डटकमका संचालक तथा सम्पादक समेत हुन् । योगदान राष्ट्रको लागि अभिायन मकवानपुरको उपाध्यक्ष समेत भएका कार्य गरिरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*