हालको अस्थिरता र संकट समाधानको सहज बाटो चुनाव रहेको थापाको भनाई

असार १३, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले हालको अस्थिरता र संकट समाधानको सहज,प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव रहेको बताएका छन् ।

आईतबार बिहान सामाजिक संजालमा टुइट गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन नभई बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेको अध्यक्ष थापाको दाबी छ ।

अध्यक्ष थापाले भनेका छन्ः हालको अस्थिरता र संकट समाधानको सहज,प्रजातान्त्रिक र संवैधानिक बाटो चुनाव हो। प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होईन,बिदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाई भ्रष्टाचार,सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृङ्खला चलाउन खोजेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*