हेटौंडा–१९ नेवारपानीबाट ५१ क्युफिट काठ, ट्रिपरसहित ३ जना प्रहरी नियन्त्रण
असार १३, हेटौंडा । हेटौंडाबाट ५१ क्युफिट काठ, ट्रिपरसहित ३ जना पक्राउ परेका छन् । हेटौंडा–१९ नेवारपानी स्थित पूर्वपश्चिटम लोकमार्ग सडक खण्डमा प्रहरीले टिपर, काठ र तीन जनालाई पक्राउ गरेको हो ।
मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ना ४ ख ५५०१ नंम्बरको टिपरलाई रोकी चेकजाँच गर्दा उक्त गाडीमा लुकाई ल्याएको अबैध सालको काठ ५१ दशमलब ६० क्युफिट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले मनहरी–७ बिजौना बस्ने बर्ष २५ को बाबुलाल मोक्तान, ट्रिपरमा सवार सोही ठाउँका बर्ष २६ को राजु प्रजा र सोही गाडिमा सवार बिजौनाकै बर्ष २६ को निशान प्रजालाई प्रहरीले पक्राउ गरेको हो । काठ, ट्रिपर सहित नियन्त्रणमा लिई आवश्यंक कारवाहीको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको प्रहरीले जनाएको छ ।
























