सभामुखका वकिललाई १ घण्टा भन्दा समय दिँदैनौं – सभामुख  सापकोटा

१३ असार, काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको पक्षका कानुन व्यवसायीले बहस गर्न डेढ घण्टा समय पाउने भएका छन् ।

रिट निवेदनमा सभामुखलाई पनि विपक्षी बनाइएको छ । संवैधानिक इजलासले विपक्षीलाई बहसका लागि १५ घण्टा समय छुट्याएको थियो ।

सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमेश बडालले सभामुखका वकिललाई एक घण्टा भन्दा बढी समय दिन नसकिने बताए ।

सभामुखलाई रिटमा विपक्षी बनाइए पनि उनी विपक्षीको माग अनुसार रिट जारी हुनुपर्छ भन्ने पक्षमा रहेकाले एक घण्टा भन्दा समय दिन नसकिने उनले आइतबार संवैधानिक इजलासमा बताए

। ‘सभामुखले रिट निवेदन जारी हुनुपर्छ भन्नुभएको रहेछ । त्यसैले उहाँ पक्ष हो, एक घण्टा दिउँला भनेको मान्नुभएन’ उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आवश्यक परेमा आधा घण्टा समय थप गरिदिने बताए । प्रतिनिधिसभा विघटन मुद्दामा रिट निवेदकको तर्फबाट आइतबार बहस सकिएको छ ।

रिट निवेदकले पाएको १५ घण्टा समयमध्ये १२ घण्टा सकिएको छ भने बाँकी ३ घण्टा सरकारी पक्षले बहस गरेपछि जवाफी बहसका लागि छुट्याइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*