आजदेखि हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु
असार १४, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा आज डायलासिस सेवा सुरु भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोग र समन्वयमा सोमबार बिहानदेखि डायलासिस सेवा सुरु भएको हो । सेवाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले उद्घाटन गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिकाले २ वटा, शिवम सिमेन्ट उद्योगले एउटा र युनिलिभरले २ वटा डायलासिस मेशिन सहयोग गरेका हुन् ।
अस्पतालमा आजैबाट सेवा सुरु भैसकेको अस्पताल अध्यक्ष राजेश प्रसाईले जनकारी दिए ।
























