बृक्षरोपण दिवसको अवसरमा हेटौंडाको हुप्राचौरमा बृक्षारोपण

असार १४, हेटौंडा । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिष्य बृक्षरोपण दिवसको अवसरमा आज बिहान हेटौंडा–४ हुप्राचौरमा बृक्षारोपण गरिएको छ ।

मन्त्रालयले सडक किनारा बृक्षारोपण कार्यक्रम अन्तरगत हुप्राचौर क्षेत्रमा बृक्षारोपण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले शहरमा बृक्षा रोपण गर्नु अत्यन्त महत्वपूर्ण काम रहेको वताउनुभयो । यो अभियानलाई प्रदेशका सबै जिल्लामा पुर्याउने उहाँले वताउनुभयो । कार्यक्रममा प्रदेश स्तरिय उत्कृष्ट निजी वन पुरस्कार बितरण कार्यक्रम पनि भएको छ ।

मन्त्रालयका सचिब डाक्टर सिन्धुप्रसाद ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल लगायतकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । प्रदेशभरीमा उत्कृष्ट निजी वनमा धादिङका निजी वन धनी फुल कुमारी सिंखडा र मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ का गोपाल प्रसाद सञ्जेललाई पुरस्कृत गरिएको छ । उनीहरुलाई जनहरी २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको मन्त्रालयका अधिकृत सन्जिब सुवेदीले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारले स्थापना भए पश्चात वृक्षारोपणलाई प्राथमिकतामा राखि तपसिल बमोजिमका कार्यहरु सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७६–०७७ मा ११ लाख काष्ठ तथा गैह्रकाष्ठ जन्य, फलफूल लगायतका विरुवा उत्पादन भएको तथा ३ सय ३४ हेक्टर सरकारी र निजी वन क्षेत्रमा वृक्षारोपण गरिएको मन्त्री सरेश नेपालले वताउनुभयो । विद्यालयहरुमा एक विद्यार्थी एक विरुवा कार्यक्रम, शहरी क्षेत्रमा एक घर दुई विरुवा कार्यक्रम र स्थानीय तहमा एक वडा एक वन बगैंचा कार्यक्रम कार्यान्वयन गरिएको छ ।

चालु आर्थिक वर्षमा चुरे तथा महाभारत क्षेत्रका खहरे तथा खोल्सीहरुमा वृहत बाँस रोपण कार्यक्रम संचालनमा रहेको र १० लाख भन्दा बढी गुणस्तरीय विरुवा उत्पादन हुने क्रममा रहेको मन्त्री नेपालले वताउनुभयो । आगामी आर्थिक वर्षमा वर्षमा उच्च प्रविधिको २ वटा नर्सरीको आधारभूत पूर्वाधार तयार हुने उहाँले वताउनुभयो ।

एक स्थानीय तह एक वन नर्सरी संचालन गर्ने छ । खाली तथा वाँझो जमिनमा चेपाङ लगायत पछि परेका समुदायको जीविकोपार्जनमा टेवा पुर्याउन व्यावसायिक चिउरी, टिमुर, लौंठ सल्ला, कुरिलो, चिराईतो, सतुवा लगायतका प्रजाती तथा सामुदायिक, कबुलियती र निजी जमिनमा वनजन्य फलफूल, काष्ठ तथा गैह्रकाष्ठ विरुवा वृक्षारोपण गर्ने कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको मन्त्री नेपालले वताउनुभयो ।

वृक्षारोपण तथा रोपण गर्ने विरुवाको गुणस्तर तथा विरुवा हेरचाह र संरक्षण गर्ने मापदण्ड बनाई कडाईका साथ लागू गराउने कार्यक्रम रहेको छ । आजै पनि प्रदेशका १५ वटै डिभिजन वन कार्यालयहरुको समन्वयमा १३ वटै जिल्लामा वृक्षारोपण कार्यक्रम सञ्चालन हुँदै गरेको छ । यसरी विभिन्न सरकारी र गैर सरकारी क्षेत्रका कार्यालयका खाली ठाउँ, विद्यालय र क्याम्पसका खाली चौरहरू, निजी जग्गाहरू, सडक किनारा, नदी र खोला किनारा, सार्वजनिक जग्गा, वन क्षेत्र, झाडी बुट्यान क्षेत्र आदिमा आम नागरिक, निजी क्षेत्र, नागरिक समाज, राजनीतिक पार्टी, सरकारी क्षेत्र सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी वृहत् रूपमा बहु उपयोगी फलफुल, काष्ठजन्य, गैर काष्ठजन्य बिरुवाहरू वृक्षारोपण दिवसका दिनदेखि रोपण गर्दै उक्त रोपेका बिरुवाहरूको उचित हेरचाह र संरक्षण गरी सो रुखहरूबाट सतत रूपमा उत्पादन लिँदै देशलाई चाहिने आवश्यक बस्तुहरूको परिपूर्ति गरी व्यापार घाटा कम गर्दै राष्ट्रको समृद्धिमा योगदान गर्न वृक्षारोपण कार्यले मद्दत गर्न सक्ने उहाँले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*