अदालतले दलीय व्यवस्थाको राम्रो व्याख्या नगरेको महान्यायाधिवक्ता बडालको तर्क
असार १४, काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले अदालतले दलीय व्यवस्थाको राम्रो व्याख्या नगरेको तर्क गरेका छन्। उनले संविधानको धारा ७६ ९५० मा पनि दलीय ह्वीप लाग्ने बताए। उपधारा २ र ३ मात्र लाग्ने ५ मा नलाग्ने भन्ने नहुने उनको तर्क छ।
राजनीतिक दल सम्बन्धी ऐनमा सरकारको विश्वास, नीति तथा कार्यक्रममा लगायतमा ह्वीप जारी गरिने भनेको छ। यो अनुसार प्रधानमन्त्री चयनमा पनि ह्वीप लाग्छ। संविधानको धारा ७६ ९५० पनि यही व्यवस्था हो। दलीय ह्वीप नलाग्ने हो भने एउटै दल दुईतिर रहन सक्छु, उनले भने।
उपधारा ५ अनुसार विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसद कुन पार्टीको हो भनेर कसरी चिन्ने भन्दै बडालले प्रश्न गरे। सबै धारालाई समान हुने गरि व्याख्या गर्ने हो। अदालतले दलीय व्यवस्थाको राम्रो व्याख्या गरेन। नेकपा एमाले सत्ता पक्ष पनि प्रतिपक्ष पनि हुन मिल्छरु, उनले भने, ुसरकारमा जाने प्रतिपक्ष हुँदैन। फुटबलमा आफ्नै पोष्टमा फटाफट गोल हान्न मिल्छ
























