बंगलादेशको ढाकामा विष्फोट हुँदा सात जनाको मृत्यु
१४ असार, काठमाडौं । बंगलादेशको राजधानी शहर ढाकामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ । बंगलादेशको प्रहरीले दिएको जानकारी अनुसार उक्त विस्फोटमा परी थप ५० जनाभन्दा बढी घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार ढाकाको मोघबजार क्षेत्रको व्यस्त सडकमा उक्त विस्फोट भएको हो । अहिलेसम्म विस्फोट के कारणले भएको हो भन्ने खुल्न सकेको छैन ।
‘हामीले अहिलेसम्म सात जनाको मृत्यु भएको र ५० भन्दा धेरै मानिसलाई अस्पतालमा भर्ना गरिएको सूचना पाएका छौं’, ढाकाका प्रहरी कमिस्नर साफिकल इस्लामले भने ।
उनका अनुसार विस्फोटका कारण सात वटा भवनमा क्षति पुगेको छ भने तीनवटा बसहरु ध्वस्त भएका छन् ।
























