हेटौंडा अस्पताललाई प्रदेशकै ठुलो अस्पताल बनाउने सरकारी लक्ष
असार १५, हेटौंडा । हेटौंडा अस्पतालमा पाँच वर्ष अगाडी सम्म धेरै ज्वरो आएका बिरामी समेत उपचार गर्न नआएर भरतपुर जानुपर्ने बाध्यता थियो । अस्पतालमा उपचार गर्न आएपनि डाक्टरको अभाब थियो । डाक्टर भइहालेपनि जाँच गराउने मेसिन थिएन ।
धेरै बिरामी निजी अस्पताल र मेडिकलकै भरपर्नुपर्ने बाध्यता थियो । तर, अहिले त्यसको ठिक उल्टो बिरामी भइहालेमा हेटौंडा अस्पताल जाने र त्यहाँ भएपछी निजी क्षेत्रका अस्पतालमा जाने गरिएको छ ।
मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताल एक वर्षको अन्तरालमानै स्वास्थ्य सेवामा निकै फड्को मारेको छ । बितेको वर्ष कोरोना संक्रमण फैलदा अस्पतालका सबैजसो सेवा बन्द गरिएको थियो ।
तर, यो वर्ष अस्पतालमा एचडीयु, आइसीयु, भेन्टिलेटर सहितको सेवाबाट कोरोनाका बिरामीको उपचार गरिएको र यो सेवा मकवानपुरका धेरै नागरिकले लिएको अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाईले वताउनुभयो ।
कोरोना महामारीमा तत्काल, एचडियु , आइसीयु बेढ थपेर बिरामीको उपचार गर्न कम चुनौतीपूर्ण काम थिएन । तैपनि उपचारमा कुनै कमी भएन । अहिले अरु जुनसुकै बिरामी पनि अस्पतालमा उपचार गर्न आउने गरेका छन् । अहिले कोरोनाका बिरामीलाई छुट्टै उपचार गरिदै आएको छ । अरु बिरामीको उपचार पनि सुरु गरिएको छ ।
धेरै खालका अप्रेसन पनि अस्पतालमा हुन थालेको छ । हेटौंडा अस्पताललाई काठमाण्डौ उपत्यका भन्दा बाहेक प्रदेशकै ठुलो अस्पताल बनाउन लागिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वताउनुभयो ।
प्रधानमन्त्री ओलीद्वारा हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नु भएको छ । भिडियो कन्फेरेन्समार्फत कार्यक्रमको उद्घाटन् गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले दक्ष जनसक्ति उत्पादन गर्ने र भरपर्दो सेवा दिनेमा विस्वस्त रहेको वताउनुभयो ।
यस प्रतिष्ठानद्वारा उत्पादित बिद्यार्थी हरेक क्षेमा प्रतिस्पर्धा गर्नसक्ने क्षमतावान वनाउनुपर्ने वताउनुभयो । अब कोरोनासंग लड्दै पराजित गर्नका लागि सरकार तयार रहेको उहाँले वताउनुभयो । प्रतिष्ठानको सुरुवात देखिनै राम्रो काम गरेको वताउँदै उहाँले भन्नुभयो–‘हरेक शिक्षालाई गुणस्तरिय शिक्षाको रुपमा बिकास गर्दै जाने छ ।’ हेटौंडामा भएको कार्यक्रमकोे जननेता मदनको ७० औँ जन्मजयन्तीका अवसरमा गरिएको हो ।
बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको र अब पढाइ पनि सुरु गर्न लागिएको प्रतिष्ठनाका रजिष्टार राजेश प्रसाईले वताउनुभयो ।
जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानका प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउन अनुमति प्रदान गरेको छ ।
हेटौंडा अस्पातल पाँच सय शैयाको बनाउँदै छौं–मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानमा पढ्नेले जागिर खोज्दै हिड्ने भन्दा पनि जागिर दिनेहरुले खोज्ने वनाउनुपर्ने वताउनुभएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले प्रतिषठनको यो काम गर्ने स्पीडलाई कायम राख्नका लागि उहाँले सुझाब दिनुभयो ।
प्रदेश सरकारको ड्रिम प्राजेक्टका रुपमा यो प्रतिष्ठानलाई लिइएको मुख्यमन्त्री पौडेलले वताउनुभयो । अर्को वर्षदेखि प्रतिष्ठानमा एमबिबिएसको पनि पढाइ हुने उहाँले वताउनुभयो । हेटौंडा अस्पताललाई पाँच सय शैयाको अस्पतालका रुपमा बिकास गर्न लागिएको उहाँले वताउनुभयो ।
शुभारम्भ कार्यक्रममा मुख्य मन्त्री पौडेल सहित, बागमती प्रदेश सामाजिक विकास मन्त्री सरस्वती बस्नेत, प्रतिष्ठानका उपकुलपति डाक्टर विश्वराज जोशी, रेक्टर डाक्टर सतिश कुमार देउ, हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई लगायतकाले मनतव्य व्यक्त गर्नु भएको थियो ।
स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्र्तराष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकारले प्रतिष्ठानको स्थापना गरेको हो । २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय बाग्मती प्रदेशको राजधानी हेटौडामा रहेको छ । एक स्वायत्त संस्थाको रुपमा रहेको प्रतिष्ठान प्रदेश सरकारको गौरवको आयोजना हो ।
कानूनीरुपमा प्रतिष्ठान स्थापना ऐन, २०७६ को साथै, पदाधिकारी व्यवस्थापन तथा सेवा सुविधा संवन्धि नियमावली, २०७७, आर्थिक प्रशासन नियमावली, २०७७, कर्मचारी सेवा, शर्त र सुविधासम्बन्धी नियमावली २०७७, अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७७ र शिक्षक सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली २०७७ जारी भई कार्यान्वयनमा आईसकेको छ ।
हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु, पाँच सय मृगौलाका बिरामीलाई सहज
हेटौंडा उपमहानगरपालिकाको पूर्ण लगानीमा आजबाट हेटौंडा अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाले डायलासिस मेसिन र पूर्वाधार समेत तयार पारेपछी आजबाट अस्पतालमा सेवा सुरु गरिएको हो ।
डायलासिस सेवाको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्दै मकवानपुरका मृगौलाका सबै बिरामीलाई सेवा दिनेगरी कामको सुरुवात गरिएको वताउनुभयो । मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आजबाट डायलासिस सेवा सुरु भएपछी यो सेवा लिनका लागि चितवन, काठमाण्डौ, बिरगन्ज लगायतका जिल्लामा जानुपर्ने बाध्यता पनि हटेको उहाँले वताउनुभयो ।
अहिले पाँच वटा मेसिन मार्फत मृगौलाका बिरामीको डायलासिस गर्न सुरु गरिएको छ । यो सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर काम सुरु गरिएको हो । अब छिट्टै थप पाँच वटा मेसिन ल्याएर डायलासिल सेवालाई बिस्तार गर्दै लैजाने तयारीमा रहेको मेयर महतले वताउनुभयो । हेटौंडा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलाइसिसको काम भइरहेको छ । आज बिहान मात्र तीन जना बिरामीको डायलालसिस गरिएको छ ।
बागमती प्रदेशको राजधानी मकवानपुरमा रहेको हेटौंडा अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु गरेको हो । यसअघि हेटौंडाको चुरेहिल अस्पतालले मात्रै डायलासिस सेवा दिँदै आएको थियो । मकवानपुरका करिब ५ सय ३७ जना बिरामीले डायलासिस सेवा अन्य जिल्लाबाट लिदै आएका थिए । अब भने यो सेवा हेटौंडामानै सुरु भएपछी धेरै खुसी समेत भएका छन् ।
नगरवासीलाई पहिले स्वास्थ्य सुबिधा दिएर मात्र पूर्वाधार बिकासमा जोड दिइएको मेयर महतले वताउनुभयो । आउँदो आर्थिक वर्षको बजेटमा पनि अस्पतालको स्वास्थ्यमा उपमहानगरपालिकाले रकम छुट्याएको उहाँले वताउनुभयो । अब उपमहानगरपालिकाकै लगानीमा सरुवा रोगको उपचार गर्नका लागि अस्पताल स्थापना गरिने मेयर महतले वताउनुभयो । हेटौंडा अस्पतालले स्वास्थ्यमा डायलासिस सेवा पनि दिन थालेकाले स्वास्थ्यमा काचुली फेरेको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती डाक्टर बिष्णुराज जोशीले वताउनुभयो ।
हेटौंडा अस्पतालले तत्कालका लागि दैनिक ११ जना मृर्गौलाका बिरामीहरुलाई सेवा दिइने अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाइँले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, प्रतिष्ठानका रजिस्ट्रार एवं अस्पतालका अध्यक्ष राजेश प्रसाईं, प्रतिष्ठानका संयोजक चिरञ्जीवी चुडाल, अस्पतालका निमित्त मेसु रामचन्द्र सापकोटा लगाएतको आतिथ्यता रहेको थियो ।
























