मकवानपुरमा जारी निषेधाज्ञा आजबाट असार २१ गतेसम्म जारी

असार १५, हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञा आजबाट असार २१ गतेसम्म जारी भएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड १९ संकट व्यवस्थापको बैठकले जारी निषेधाज्ञालाई निकै खुकुलो गर्दै असार २१ गते राति १२ सम्म सम्म जारी गरेको हो ।

प्रशासनले खाद्यन्नका पसलहरु बिहानभर र अन्य व्यवसायको पसलहरु दिउँसो १२ बजे देखि ४ बजेसम्म खोल्न अनुमति दिएको छ । प्रशासनले निजि सवारी जोरबिरोज प्रणालीमा संचालन गर्न दिएको छ भने सार्वजनिक सवारी संचालन गर्न अनुमति दिएको छैन ।

प्रशासनले सम्पूर्ण शैक्षिक संस्थाहरु बन्दनै रहने जनाएको छ । मकवानपुरमा पछिल्लो करिब २ महिना देखि निषेधाज्ञा जारी रहेको छ । जिल्लाम हाल १ हजारको संख्यामा सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*