अधिकारी रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको तदर्थ समिति अध्यक्ष
१५ जेठ,हेटौंडा । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल मकवानपुरको अध्यक्षमा लक्ष्मण अधिकारी चयन भएका छन । व्यवसायीको एक भेलाले आज रसायन तथा मेडिकल आपूर्ति संघ नेपालको ७ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो ।
भेलाबाट उपाध्यक्षमा राजन सञ्जेल, सचिवमा सुरज चौलागाई र कोषाध्यक्षमा रोशन सिंह चयन भएका छन । यस्तै मुकेशप्रसाद चौधरी, हरिशंकर पाण्डे र शेखर लाल श्रेष्ठ सदस्यमा चयन भएका छन । तदर्थ समिति गठनपछि केन्द्रसँग आवश्यक समन्वय गरि दर्ता तथा अन्य कार्य गरिने बताइएको छ ।
























