रजैया,मकवानपुगढी र आसपासमा बाढिको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

असार १६, हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा अत्यधिक बर्षासंगै बाढिको खतरा देखिएको छ ।

मकवानपुरको रजैयामा रहेको वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २१४ मिलिमिटर वर्षा भएको बाढी पूर्वानुमान शाखा, जलविज्ञान र मौसम विज्ञान विभागले जनाएको छ । अत्यधिक बर्षासंगै खतराको तह पार गरेको छ । जसले गर्दा पुर्वि राप्ति जलाधारको रजैया,मकवानपुगढी र आसपास बाढिको सम्भावना रहेको छ ।

उक्त जलाधारका स(साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने,नदी तटीय क्षेत्र र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउनुहुन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*