बागमती प्रदेश आयुर्वेद संघको अध्यक्षमा बजगाईं चयन
असार १६, हेटौंडा । बागमती प्रदेश आयुर्वेद संघको अध्यक्षमा मधु बजगाईं चयन हुनु भएको छ । प्रदेशभरीका आयुर्वेदीक औषधालयका अध्यक्षहरुको हेटौंडामा भएको भेलाले अध्यक्षमा बजगाईलाई चयन गरेको हो ।
संघले प्रदेशभरीका आयुर्वेदीक औषधालयहरुको समस्या समाधान गर्नका लागि काम गरिने अध्यक्ष बजगाईले वताउनुभयो । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत रहेका आयुरवेदीका औषधालयमा अध्यक्ष चयन गरिएको थियो ।
अब आयुर्वेदीक औषधालयलाई थप व्यवस्थित वनाउँदै लैजाने सरकारी तयारी छ ।
























