मेयर महतद्वारा हेटौंडाको बालबोध माबिलाई कम्प्युटर हस्तान्तरण
असार १६,हेटौंडा । हेटौंडा उपमहाँनगरपालिका वडा नम्बर–१७ को बालबोध माध्यमिक बिद्यालयलाई पाँच थान ल्यापटप हस्तान्तरण गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाले बिद्यालयको शिक्षालाई प्रबिधि मैत्री वनाउनका लागि ल्यापटप हस्तान्तरण गरेको हो । हटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बिद्यालयलाई पाँच थान ल्यापटप हस्तान्तरण गर्नुभयो ।
अहिलेको कोरोना महामारीको समयमा बिद्यार्थीलाई भर्चुअल माध्यमले अध्यापन गराउनका लागि ल्यापटप उपयोगि हुने मेयर महतले वताउनुभयो ।
अब हेटौंडाका हरेक सामुदायिक बिद्यालय प्रबिधि मैत्री वन्नुपर्ने वताउनुभयो । यो कार्यक्रम हेटौंडाका अरु बिद्यालयमा पनि लागू गर्ने उपमहानगरपालिकाको तयारी छ ।
























