हेटौंडाका राजकुमार पक्राउ

असार १६, हेटौंडा – मकवानपुर प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ बस्ने बर्ष ४१ को राजकुमार थापामगर रहेका छन् ।

थापामगरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको प्रहरी टोलीले मंगलबार हेटौंडा–९ बाट पक्राउ गरेको हो । जिल्ला अदालत मकवानपुरको उनलाई अबैध साल काठ ओसारपसार बिक्रीबितरण मुद्दामा १ महिना १७ दिन कैद सजायको फैसला गरेको थियो।

थापामगरलाई कैद भुक्तानको लागी कारागार कार्यालय भिमफेदी पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*