एमालेको महाधिवेशन आयोजक कमिटी भंग

हेटौंडा, असार १६ – नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग भएको छ। अब एमालेका कामकारबाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन गरिने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १०औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक डाकेको छ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार आजको बैठकले १०औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ। बैठक असार १८ गते बस्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*