कोरोनाको कारण मकवानपुरको बागमतीका एक पुरुषको मृत्यु

असार १६, हेटौंडा । कोरोना भाइरस संक्रमणको कारण मकवानपुरको बागमती गाउँपालिका भित्रका थप एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती-१ का ७० वर्षीय वृद्ध पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुरुषको आज उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

वृद्धमा जेठ २९ गते कोरोना पुष्टि भएको र असार १ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । वृद्ध सुगर रोगबाट पीडित रहेका थिए । यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २९ पुगेको कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*