शिक्षामन्त्रीको राजीनामा माग गर्दै हेटौंडामा प्रदर्शन

हेटौँडा,असार १६ – शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गर्दै हेटौंडामा प्रदर्शन भएको छ । जातीय भेदभाव तथा छुवाछुत मुद्धाका अभियुक्तलाई छुटाउन मन्त्री श्रेष्ठ आफैं पुगेको भन्दै विरोध प्रदर्शनसहित राजीनामा माग गरिएको हो ।

मकवानपुरमा क्रियाशील दलित अधिकारवादी संघसंस्थाहरुले शिक्षामन्त्रीलाई पदबाट बर्खास्त गर्नुपर्ने र रुपा सुनारलाई न्याय दिनुपर्नेलगायत माग गरेका छन् । स्जातीय छ्वाछुतको अन्त्य गरी समतामुलक समाज निम्मणा गाली रुपा सुनारलाई न्यायका लागि विरोध कार्यक्रम दलित अधिकारवादी संघ संस्थाहरु मकवानपुरमा क्रियाशीलुमंगलबार विहान हेटौंडाको बुद्धचोकमा भएको विरोध प्रदर्शनमा भएको थियो ।

उनीहरुले देशभर दलितमाथि भएको दुव्र्यवहार अन्त्य गर्दै दलितलाई क्षतिपूर्तिस्वरुप दिइएको आरक्षण कायम गर्न माग गरेका छन् । दलित भएकै कारण सुनारलाई कोठा भाडामा नदिएको आरोपमा थुनामा रहेकी काठमाडौंकी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले सरकारी गाडीमा लगेपछि विरोध भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*