पहिरोको कारण भीमफेदी–कुलेखानी सडक दुइदिन देखि बन्द

असार १७, हेटौंडा । मकवानपुरको भीमफेदी–कुलेखानी सडक दुइदिन देखि अबरुद्ध बनेको छ । लगातारको वर्षाका कारण भीमफेदी देखि कुलेखानी सम्मको सडकमा ठाउँठाउँमा पहिरो लडेका कारण अबरुद्ध बनेको हो ।

हिजो देखिनै यो सडक भएर सवारीका साधन ओहोर दोहोर गर्न पाएका छैनन् । यता बागझोरो खोलामा बाढी आउँदा त्रिभुवनराजपथबाट गाडी चल्न सकेका छैनन् । लोडरले सडक खोल्ने प्रयास भने गरिरहेको छ । तर, सवारीका साधन भने चल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले हिजो बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात सञ्चालन गर्नका लागि प्राविधिकलाई खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बतादिनुभयो ।

उहाँका अनुसार हेटौँडा भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाएर हेटौँडातर्फको यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*