बानेश्वरमा नेपाल स्थायी कमिटी बैठक जारी
१७ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बैठक जारी छ ।
अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी कायम गरेपछि यो समूहको स्थायी कमिटी बैठक बसिरहेको छ ।
अध्यक्ष ओलीले एमालेको केन्द्रीय कमिटी कायम भएकाले भोलिको बैठकमा नेता नेपालसहित सबैलाई बोलाउने तयारी गरेका छन् ।
























