चीन अब कसैसँग दब्ने छैन – चिनियाँ राष्ट्रपति

असार १७, काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित शताब्दी समारोहमा राष्ट्रपति शी चिनफिङले आफ्ना विरोधीलाई कडा शव्दमा चेतावनी दिएका छन्। बिहीबार चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) आफ्नो स्थापनाको सयौं वर्ष मनाइरहेको छ।

उनले चीन अब कोहीसँग नदब्ने बताए। “चीन अब कसैसँग दब्ने छैन, कुनै पनि विदेशी तागतलाई यो अनुमान दिनेछैन कि उसले हामीसँग आँखा देखाओस्। हामी माथि दबाव बनाओस् या हामीलाई आफ्नो अधिनमा राख्ने प्रयास गरोस्।”

करीब सत्तरी हजार दर्शकको उपस्थितमा शीले यसो भनिरहँदा सभास्थल तालीले गुञ्जिएको थियो। उनको यो भनाइलाई अमेरिका र चीनबीच जारी तनावसँग जोडेर हेरिएको छ। तर अमेरिका मात्र होइन विश्वका कयौं देशले हङकङ प्रकरणमा चीनको भूमिकाको आलोचना गरेका थिए।

त्यतिबेला चीनले हङकङ आफ्नो आन्तरिक मामला बताउँदै त्यसको खण्डन गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*