मकवानपुरमा निरन्तर वर्षाको कारण विभिन्न नदिहरुमा पानी बहाव बढ्यो
असार १७, हेटौंडा । मकवानपुरमा निरन्तर वर्षाको कारण विभिन्न नदिहरुको बहाव बढेको छ । गएराति देखि मकवानपुर सहित देशको विभिन्न स्थानहरुमा वर्षा भईरहेको छ ।
जिल्ला भएर बग्ने राप्ती खोला,कर्रा खोला,लोथर खोला ,मनहरी खोला,सामरी खोला,बागमती,बकैया खोला लगाएतमा पानीको सतह बढेको छ । यसैगरि निरन्तर वर्षाको कारण जिल्लाको विभिन्न सडकखण्ड अवरुद्ध भएको छ ।
























