अविरल बर्षाको कारण सामरी खोलामा बन्दै गरेको पुल भाचियो

हेटौंडा, असार १८ –  अविरल बर्षाको कारण सामरी खोलाको बहाव बढेको छ । पानीको बहाव बढे संगै मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र वडा नंम्बर–३ जोडने सामरी खोलाको बन्दै गरेको पुल गए राती भाचिएको छ ।

ठेकेदारको लापरबाहीका कारण ५ बर्ष भित्र बनाइसक्नु पर्ने पुल ५ बर्ष बितिसक्दा पनि पुरै काम सम्पन्न नहुदा गए रातीको भारी बर्षाको कारण उक्त पुल भाचिएको हो । निर्माण ढिलाे हुदा बन्दै गरेको पुल बाढीले बगाउने होकि भनेर स्थानियले चिन्ता व्यक्त गरिरहेका छन ।

सामरी खोलामा पानीको सतहले सतर्कता पार गरिरहेकोले त्याहाका बासिन्दालाई सुरक्षित ठाउँमा जान मकवानपुर गाउँपालिकाले अनुरोध समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*