राप्रपामा बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको अध्यक्ष थापाको भनाई

असार १८, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  का अध्यक्ष कमल थापाले राप्रपामा कुनैपनि बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पारेका छन् ।

अध्यक्ष थापाले सामाजिक संजालमा स्टाटस लेख्दै राप्रपामा बैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्ष्पट पारेका हुन् । उनले राप्रपामा केही निष्क्रियता भएपनि महाधिवेशन पछि त्यसको समेत निराकरण हुने धारणा राखेका छन् ।

उनले भनेका छन् स् राप्रपामा बैचारिकरसैद्धान्तिक मतभेद छैन।केही निष्क्रियता छ,महाधिवेशन पछि त्यसको पनि निराकरण हुन्छ।त्रयअध्यक्ष बिच पार्टी एकता अक्षुग्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी छ।भोलि बस्ने निर्देशन समिति बैठकले महाधिवेशनको मिति निर्धारण गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*